२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

फतुवा विजयपुरमा कांग्रेसलाई धक्का, मेयर यादवसहित नेता–कार्यकर्ता जसपामा प्रवेश

Nada
कृष्ण तिवारी
२०८३ कार्तिक १२ गते २१:०८
Shares
फतुवा विजयपुरमा कांग्रेसलाई धक्का, मेयर यादवसहित नेता–कार्यकर्ता जसपामा प्रवेश

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेस परित्याग गरी मेयर गोपाल यादवसहित सयौं नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । 
बिहीबार रौतहटको गुजरा नगरपालिकास्थित सिम्रा भवानीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरू जसपामा प्रवेश गरेका हुन् । 

पार्टी प्रवेश गर्नेहरूमा फतुवा विजयपुर नगरपालिकाका निलम्बित मेयर गोपाल यादव, उनका छोरा तथा भावी मेयर पदका उम्मेदवारका रूपमा प्रस्तुत गरिएका आदित्य यादव, पूर्व वडाध्यक्ष हिरालाल यादव, भविष्ण यादव, वडा अध्यक्ष पदका प्रत्याशी जगदीश यादव र त्रिलोकी यादवसहित सयौं नेता तथा कार्यकर्ता रहेका छन् । 

नवप्रवेशी नेता तथा कार्यकर्तालाई जनता समाजवादी पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द चौधरीले टीका तथा माला लगाएर पार्टीमा स्वागत गरेका हुन् । 

कार्यक्रममा जसपाको मधेस प्रदेश अध्यक्ष बालकिशोर यादव, गुजरा नगरपालिकाको मेयर सन्तलाल चौधरी,प्रदेश सचीव पुनित राम प्रदेश सदस्य अनिल यादव, बिजय चौधरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

फतुवा विजयपुर नगरपालिकाका प्रभावशाली स्थानीय नेताहरू जसपामा प्रवेश गरेपछि नगरको राजनीतिक वृत्तमा चर्चा बढेको छ । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलहरूले आफ्नो संगठन विस्तार र राजनीतिक गतिविधिलाई तीव्रता दिइरहेका बेला भएको यस पार्टी प्रवेशलाई स्थानीय राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर