२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

कांग्रेसका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

Nada
२०८३ कार्तिक १२ गते १५:१०
Shares
कांग्रेसका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराएका छन् । 

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित समारोहसँगै नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो ।

सभापति थापाले यसअघि नै शपथ लिइसकेका थिए । महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डिला संग्रौला लगायतका पदाधिकारी निर्वाचित भएका थिए ।

निर्वाचन समितिका अनुसार २२९ पदका लागि भएको निर्वाचनमा करिब एक लाख ६२ हजार मतपत्र गणना गरिएको थियो ।

सम्बन्धित खबर