२०८२ साउन ९ गते शुक्रवार / Jul 25 , 2025 , Friday
२०८२ साउन ९ गते शुक्रवार
Ads

निर्यातमा ऐतिहासिक वृद्धि भएको छ : प्रधानमन्त्री ओली

shivam cement
मध्यान्ह
२०८२ साउन ८ गते १०:२६
निर्यातमा ऐतिहासिक वृद्धि भएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा नेपालको निर्यात ऐतिहासिक रूपमा उच्च बिन्दुमा पुगेको दाबी गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेख्दै उनले नेपालको निर्यातमा उल्लेखनीय वृद्धि भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीका अनुसार हालसम्म २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । यो तथ्याङ्क सार्वजनिक गर्दै उनले आफ्नो नेतृत्वको सरकारले निर्यात प्रवर्द्धनका क्षेत्रमा विशेष ध्यान दिएको दाबी गरे ।

“हामी सरकारमा आउनुअघि अघिल्लो आर्थिक वर्षमा १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो,” ओलीले लेखेका छन्, “गत वर्षको तुलनामा यस वर्ष निर्यातमा ८१.८० प्रतिशतको वृद्धि भएको छ ।”

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise