२०८३ कार्तिक २० गते शुक्रवार / Nov 06 , 2026 , Friday
२०८३ कार्तिक २० गते शुक्रवार

छठ व्रतालुहरूलाई साडी वितरण

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ कार्तिक २० गते १४:०४
Shares
 छठ व्रतालुहरूलाई साडी वितरण

रौतहट : छठ पर्वको अवसरमा रौतहटको गौर नगरपालिका–४ गढवा टोलका मनोज यादवले ५० जना छठ व्रतालुलाई साडी वितरण गरेका छन् ।

हिन्दु सम्राट सेनाका गौर नगर संयोजकसमेत रहेका यादवले शुक्रबार बिहान आफ्नै निवास परिसरमा कार्यक्रम आयोजना गरी निजी लगानीमा साडी वितरण गरेका हुन् । लामो समयदेखि सामाजिक सेवामा सक्रिय यादवले पर्वका अवसरमा आर्थिक रूपमा विपन्न तथा असहाय परिवारलाई सहयोग गर्ने उद्देश्यले साडी वितरण कार्यक्रम आयोजना गरेको बताएका छन् ।

No description available.

साडी पाएपछि व्रतालु महिलाहरूले खुसी व्यक्त गर्दै यादवलाई धन्यवाद तथा शुभकामना दिएका थिए । स्थानीयवासीले पर्वका बेला गरिएको सहयोगले विपन्न परिवारलाई राहत पुग्नुका साथै सामाजिक सद्भाव र आपसी भाइचारा बढाउन मद्दत गर्ने बताएका छन् ।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, पत्रकार तथा समाजका अगुवाहरूको उपस्थिति थियो । सहभागीहरूले यादवको सामाजिक कार्यले अन्य युवालाई पनि समाजसेवामा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

यादवले यसअघि पनि विभिन्न चाडपर्वमा गरिब तथा असहाय परिवारलाई कपडा र राहत सामग्री वितरण गर्दै आएका छन् । उनले हरेक वर्ष जाडोयाममा न्यानो कम्बल वितरण गर्ने गरेका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर