काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/०८२ मा लाभांश क्षमता ११.६४ प्रतिशत पुर्याएको छ । बैंकले आर्थिक वर्ष २०८०/०८१ को तुलनामा कुल वितरणयोग्य मुनाफा २०२.८३ प्रतिशत वृद्धि गरी ४१ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आ.व. २०८०/०८१ मा यस डेभलपमेन्ट बैंकको वितरणयोग्य मुनाफा १३ करोड १८ लाख रुपैयाँ रहेको थियो ।
यस्तै यस डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन मुनाफा १०.०६ प्रतिशतले वृद्धि गरी खुद नाफा ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६.५१ प्रतिशतले बढी हो ।
यस्तै डेभलपमेन्ट बैंकको प्रतिशेयर आम्दानी २.७६ प्रतिशतले वृद्धि भइ १५ रुपैयाँ १० पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा रहेको छ ।
यस डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा ५६ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४५ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कुल ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७२० रुपैयाँ चुक्ता पुँजी रहेको यस डेभलपमेन्ट बैंकको जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ ।