काठमाडौं : सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसबाट निर्मित सामग्रीहरु ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रत्येक कुराहरु सडकमा गएर आन्दोलन गरी बाध्य परिस्थिति बनाएपछि मात्रै न्यूनतम सुनुवाइ गर्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको बताए । उनले मागहरु अव्यवहारिक, असान्दर्भिक, अनुचित भए त्यतिबेलै यस्तो भयो भन्न सक्नुपर्ने बताए । कोसिसका बाबजुद पनि सुनुवाइ भएन भने सडकमा जानेकुरा गैरसंवैधानिक नभएको पनि उनले बताए ।
उनले बाँसका सामग्रीको प्रवर्द्धनका लागि संसदमा कुनै कानुनहरु अड्किएका भए निर्माण गर्नेकुरामा प्रतिनिधि सभा सधैं अग्रसर रहने बताए ।
सभामुख घिमिरेले बाँस वनस्पतीलाई धेरै ठाउँमा प्रयोग गर्न सकिने र यसको महत्व उल्लेख्य रहेको बताए ।