२०८२ साउन ९ गते शुक्रवार / Jul 25 , 2025 , Friday
२०८२ साउन ९ गते शुक्रवार
Ads

सडक बालबालिकामुक्त नेपाल घोषणाको अन्तिम चरणमा छौं : मन्त्री सुडी

shivam cement
मध्यान्ह
२०८२ साउन ८ गते १३:४८
सडक बालबालिकामुक्त नेपाल घोषणाको अन्तिम चरणमा छौं : मन्त्री सुडी

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकार सडक बालबालिकामुक्त नेपाल घोषणाको अन्तिम चरणमा रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री सुडीले यसबारे जानकारी गराएका हुन् ।

उनले सडक बालबालिकामुक्त अभ्यिान सञ्चालनका लागि सडक बालबालिका विशेष संरक्षण, निर्देशिका, २०८२ स्वीकृत भइसकेको बताए । हराएका ६ हजार ५ सय ९० जना बालबालिकाको खोजतलास गरी ५ हजार ८ सय ३१ जना र बेवारीस फेला परेका ३ सय ८३ जनाको उद्धार गरी ६ हजार २ सय १४ को पारिवारिक पुनर्मिलन तथा पुनर्स्थापना गरिएको बताए ।

भारतका विभिन्न ठाउँमा बेवारिस फेला परी त्यहाँका बाल कल्याण गृहमा राखिएका लगायत ७१ जना बालबालिकाको स्वदेश फिर्ती, परिवार पुनर्मिलन तथा पुनर्स्थापना गरिएको उनले जानकारी दिए ।

जोखिममा परेका ५९१ जना बालबालिकालाई उद्धार गरिएको र २०४ जना सडक बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गरिएको उनले बताए । मन्त्री सुडीका अनुसार बालबालिकासम्बन्धी राष्ट्रिय नीति, २०८० को कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ । 

मन्त्री सुडीकाअनुसार गत आ.व.मा मन्त्रालयको कुल बजेट १ अर्ब ३० करोड ३२ लाख ७५ हजार ६ सय ८ रुपैयाँमध्ये ६५ करोड ३६ लाख ७७ हजार खर्च भइ जम्मा ५०.१६ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise