२०८२ साउन ९ गते शुक्रवार / Jul 25 , 2025 , Friday
२०८२ साउन ९ गते शुक्रवार
Ads

सरकारले दमनकारी शैलीमा राज्य सञ्चालन गर्न खोज्यो : रास्वपा

shivam cement
मध्यान्ह
२०८२ साउन ८ गते १४:१२
सरकारले दमनकारी शैलीमा राज्य सञ्चालन गर्न खोज्यो : रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ललितपुरको भैंसेपाटीस्थित सैवु आवास क्षेत्रमा निर्माणाधीन मन्त्री क्वाटरको पश्चिमतिर ११ मिटर बाटो सुनिश्चित गर्न माग गरेको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा रास्वपा सांसद तोसिमा कार्कीले यस्तो माग गरेकी हुन् । उनले लामो समयदेखि बाटो सुनिश्चितताको माग गर्दै स्थानीय नागरिक संघर्षरत रहेपनि सरकारले जबरजस्ती गर्न खोजेको आरोप लगाइन् ।

सांसद कार्कीले सरकारले दमनकारी शैलीमा राज्य सञ्चालन गर्न खोजिरहेको पनि आरोप लगाइन् ।

सांसद कार्कीले सरकारको जनआकांक्षाविपरीतका गतिविधिका कारण व्यवस्थामाथि खतरा उत्पन्न भएको पनि बताइन् । उनले दुई महिनादेखि आफूहरु आन्दोलनमा रहेपनि सरकारले संसद्लाई कठपुतली बनाएर सञ्चालन गरिरहेको टिप्पणी गरिन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise