२०८२ साउन ९ गते शुक्रवार / Jul 25 , 2025 , Friday
२०८२ साउन ९ गते शुक्रवार
Ads

सरकारले भुक्तानी नदिँदा रोकियो १५ वर्षमुनिका बालबालिकाको निःशुल्क मुटुरोग उपचार, राप्रपाले गरायो ध्यानाकर्षण

shivam cement
मध्यान्ह
२०८२ साउन ८ गते १४:१७
सरकारले भुक्तानी नदिँदा रोकियो १५ वर्षमुनिका बालबालिकाको निःशुल्क मुटुरोग उपचार, राप्रपाले गरायो ध्यानाकर्षण

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत सञ्चालन भइरहेको १५ वर्षमुनिका बालबालिकाको निःशुल्क मुटुरोग उपचार सेवा रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद सिंहले सरकारले भुक्तानी नदिँदा गंगालालमा १५ वर्षमुनिका बालबालिकाले पाउने गरेको निःशुल्क उपचार सेवा रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सरकारले विपन्न परिवारका बालबालिकाहरुको मुटुरोग उपचारका लागि २ लाख ५० हजार सहायता अनुदान दिने निर्णय गरेको थियो । गत आर्थिक वर्षको भुक्तानी नभएको भन्दै गंगालालले उक्त सेवा रोकेको छ । सांसद सिंहले निःशुल्क मुटु रोगको उपचार सेवा तत्काल सुचारु गर्न स्वास्थ्यमन्त्रीको समेत ध्यानाकर्षण गराए ।

साथै उनले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति नबनेसम्म राप्रपाले संसद बहिष्कार गर्ने उल्लेख गरे । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise