२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

अख्तियारसम्बन्धी विधेयक थन्क्याएर राखेको भन्दै कांग्रेस सांसद थानीको आपत्ति

Nada
२०८२ साउन ८ गते १४:४९
Shares
अख्तियारसम्बन्धी विधेयक थन्क्याएर राखेको भन्दै कांग्रेस सांसद थानीको आपत्ति

काठमाडौं : नेपाली कांग्रेसका सांसद हृदयराम थानीले अख्तियारसम्बन्धी विधेयकलाई संसदीय समितिले थन्क्याएर राखेको भन्दै आपत्ति जनाएका छन् ।

ncell

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद थानीले संसदीय उपसमितिले गत पुस ४ गते नै पारित गरेर बुझाएको विधेयकमाथि मुल समितिमा छलफल नगरिएको भन्दै आपत्ति जनाएका हुन् ।

अहिले अख्तियारसम्बन्धी विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको छ । सांसद थानीले सँगै ल्याइएको भ्रष्टाचारसम्बन्धी विधेयकले कानुनको रुप लिइसक्दा पनि अख्तियारसम्बन्धी विधेयक थन्क्याएर राख्नुको कारण के हो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘मुलुकमा ठूला ठूला भ्रष्टाचारहरु नीतिगत निर्णयका माध्यमबाट हुने अख्तियारको सर्वेक्षण र दाबी र ऐनमा पनि नीतिगत निर्णयको व्याख्या गरिदिन बारम्बार अनुरोध गरेको परिप्रेक्ष्यमा यदि नीतिगत निर्णयको व्याख्याकै कारण उक्त विधेयक रोकिएको हो भने मुलुकका लागि कदापि राम्रो हुँदैन ।’

उनले विधेयकमाथि छलफल गराउन सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए ।

ताजा खबर

सम्बन्धित खबर