२०८२ साउन १० गते शनिवार / Jul 26 , 2025 , Saturday
२०८२ साउन १० गते शनिवार
Ads

कतारमा अस्ताए बेनीघाट रोराङका तिलकुमार राई

shivam cement
तिलु शर्मा पौडेल
२०८२ साउन ८ गते १९:३४
कतारमा अस्ताए बेनीघाट रोराङका तिलकुमार राई

दोहा कतार : धादिङबाट वैदेशिक रोजगारीका लागि कतार आएका तिल कुमार राईको निधन भएको छ । बेनीघाट रोराङ गाउँपालिका-१० जोगीमारा स्थायी ठेगाना भएका राईको जुलाई १३ तारिकका दिन गाडी चलाइरहेको अवस्थामा हृदयाघातका कारण निधन भएको कतारको हमाद अस्पतालले उपलब्ध गराएको मृत्यु प्रमाण पत्रमा उल्लेख गरिएको छ । 

मृतक राईको मृत्युलगत्तै शव पठाउन परिवारसँग समन्वय गर्न धादिङ सेवा समाज कतारले विशेष पहल गरेको समाजका अध्यक्ष आयुष घलेले मध्यान्हलाई जानकारी दिए ।

घलेले मृतकले बीमाबापतको रकम प्राप्त गर्नका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको बताए । राईको घरमा आमाबाबु, श्रीमतीसहित सन्तानहरू रहेको बुझिएको छ भने उनकाे शव बुधबार बिहान नेपाल पुगेलगत्तै अन्त्येष्टि गरिएको समाजले जनाएको छ । 

कम्पनीले नेपाली नियोगमा राईले पाउनुपर्ने सबै बोनससहितको रकम जम्मा गरी नेपाल पठाइसकेको छ । कम्पनीले राईको मृत्युको कारण स्पष्ट पार्दै १३ तारिक १ बजे बिहान अर्बितेल रोडको एक्जिट २० नजिक रोडछेउमा गाडी रोकेको, तर उनको मृत्यु भएको अवस्थामा कम्पनीका अर्को चालकले फेला पारेको बताएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise