२०८२ साउन १० गते शनिवार / Jul 26 , 2025 , Saturday
२०८२ साउन १० गते शनिवार
Ads

सामसङले नेपालमा ल्यायो ‘ग्यालेक्सी एम–३६ ५जी’

shivam cement
मध्यान्ह
२०८२ साउन ८ गते २०:२०
सामसङले नेपालमा ल्यायो ‘ग्यालेक्सी एम–३६ ५जी’

काठमाडौं : सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजमा नयाँ ‘ग्यालेक्सी एम–३६ ५जी’ ल्याएको छ ।

स्मार्टफोन भेल्भेट ब्ल्याक र सिरिन ग्रिन रङमा नेपालभरिका आधिकारिक रिटेल स्टोरहरूमा  उपलब्ध हुने सामसङ नेपालले जनाएको छ । स्मार्टफोन ८ जीबी र १२८ जीबी क्षमता तथा ८ जीबी र २५६ जीबी क्षमता गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । जसको मूल्य क्रमशः ३६ हजार ९९९ र ४१ हजार ९९९ रुपैयाँ पर्नेछ । 

यसमा एआई इनोभेसनको विशेषता रहेको छ । गुगलसँगको सर्कल टु टच र जेमिनी लाइभ जस्ता फिचर फिचर मार्फत यो स्मार्टफोनले एआईलाई अझ नजिक ल्याउँछ । चाहे तस्वीर चिन्ने होस् वा एआई एसिस्टेन्टसँग लाइभ कुराकानी, सबै काम सहज र इन्ट्युटिभ हुनेछ ।

मन्स्टर ड्युराबिलिटी र नयाँ डिजाइनको मेलमा तयार पारिएको यो फोन ७.७ मिलिमिटर पातलो यो फोन कर्निङ गोरिल्ला ग्लास भिक्टस प्लसबाट सुरक्षित छ । जसले ड्रप र स्क्र्याचबाट उत्कृष्ट सुरक्षा दिन्छ । ६.७ इन्चको एपफएचडी प्लस सुपर एमोलेड स्लिमबेजल डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट र भिजन बुस्टर टेक्नोलोजी सहित घाममा पनि क्लियर भिजुअल आउनेछ । ५० एमपी ओआईएस ट्रिपल क्यामेराले स्टेबल भिडियो र कम प्रकाशमा पनि उत्कृष्ट तस्वीर खिच्छ । अटो नाइट मोड र नाइट फोटोग्राफी फिचर छन् ।

अगाडि र पछाडि दुवै क्यामेरामा फोरके भिडियो रेकर्डिङ सपोर्ट, साथै फोटो रिमास्टर र अब्जेक्ट इरेजर जस्ता एडिट टुलहरू पनि उपलब्ध छन् । ६ वर्षको सुरक्षा अपडेट र ६ जेनेरेसनसम्मको एन्ड्रोइड अपग्रेड ग्यारेन्टीसाथ ग्यालेक्सी एम–३६ ५जी लामो समय टिक्ने स्मार्टफोन भएको कम्पनीले जनाएको छ । वान यूआई ७ मा चल्ने यसमा क्लिनर होम स्क्रिन, अपडेटेड विगेट्स र नाउ बार जस्ता नयाँ फिचर छन् । त्यस्तै सामसङ नक्स भल्ट मार्फत डेटा सुरक्षित राख्ने सकिने सामसङ नेपालले जनाएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise