२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

साइकल दुर्घटनामा बालकको मृत्यु, एक जना घाइते

Nada
२०८२ साउन ९ गते १८:४५
Shares
साइकल दुर्घटनामा बालकको मृत्यु, एक जना घाइते

सिरहाः मिर्चैया नगरपालिका–५ स्थित ‘हिल पार्क’ नजिक बिहीबार साइकल दुर्घटनामा परी १३ वर्षीय अभिषेक मण्डलको मृत्यु भएको छभने १२ वर्षीय विकास ठाकुर घाइते भएका छन् ।

ncell

विद्यालयबाट फर्किएपछि घुम्न गएका बालकहरू अनियन्त्रित साइकल दुर्घटनामा परेका हुन् । ओरालो बाटोमा साइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए ।
 
गम्भीर चोट लागेका मण्डलको उपचारमा लैजाने क्रममा बाटोमै मृत्यु भएको होभने ठाकुरको मिर्चैया अस्पतालमा उपचार भइरहेको छ । स्थानीयका अनुसार पार्क जाने बाटो अप्ठ्यारो भएकाले दुर्घटनाको जोखिम बढेको छ ।

ताजा खबर

सम्बन्धित खबर