२०८२ साउन १० गते शनिवार / Jul 26 , 2025 , Saturday
२०८२ साउन १० गते शनिवार
Ads

धादिङकी पार्वतीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’

shivam cement
मध्यान्ह
२०८२ साउन ९ गते २१:०५
धादिङकी पार्वतीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’

काठमाडौं : धादिङको गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्कीले एनसेलको ‘सधैं अन करोडपति’ योजनामा एक करोडको बम्पर नगद पुरस्कार जितेकी छन् । एनसेलले असार १ देखि ३२ गतेसम्म सञ्चालन गरेको ‘सधैं अन करोडपति’ योजनाको पुरस्कार कार्कीले जितेकी हुन् ।

आठ वर्षअघि एनसेलको सीम किनेकी पार्वतीले असारको तेस्रो साता ९९ को ‘बेसिक रिन्युअल’ प्याक किनेर योजनामा सहभागी भएकी थिइन् । एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले एनलेको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा कार्कीलाई बम्पर उपहारअन्तर्गतको एक करोड रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

बम्पर पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताइन् । एनसेलले ल्याएको उक्त योजनामा कार्कीले बम्पर नगद पुरस्कार जितेकी हुन् भने अन्य ५० जना भाग्यशाली ग्राहकहरूले साप्ताहिक पुरस्कार स्वरूप जनही एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । 

कार्कीसहित ३६ जनालाई नगद पुरस्कार हस्तान्तरण गरिसकिएको र बाँकी १५ जना एक लाख रुपैयाँ जित्ने ग्राहकहरूलाई पनि प्रमाणीकरणको प्रक्रिया पु¥याइ पुरस्कार प्रदान गरिने एनसेलले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise