२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

Nada
२०८२ साउन १० गते ०८:३२
Shares
इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

काठमाडौंः विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् ।

ncell

जेलमा नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत  र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा स्वदेश फिर्ता ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि भारत सरकारलाई अनुरोध गरी भारतीय नागरिकलाई उद्धार गर्न गएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन लटमा गरी नौ नेपाली नागरिकलाई यसअघि नै इरानबाट उद्धार गरी स्वदेश फिर्ता ल्याइएको थियो ।

इजरायल र इरानबीच गत १३ जुन २०२५ देखि सुरु भएको द्वन्द्व २३ जुन २०२५ का दिन दुवै पक्षबीच युद्धविराम भएपश्चात् शान्तिसुरक्षाको स्थिति सहज हुँदै गएकाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्ने सबैलाई सरकारले धन्यवाद दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर