२०८२ साउन १० गते शनिवार / Jul 26 , 2025 , Saturday
२०८२ साउन १० गते शनिवार
Ads

सवारी दुर्घटनामा साइकल यात्रीको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ साउन १० गते ०९:०६
सवारी दुर्घटनामा साइकल यात्रीको मृत्यु

झापाः झापाको दमक–४ चियाबगानस्थित आज बिहान सवारी दुर्घटनामा परी साइकल यात्रीको मृत्यु भएको छ  । 

पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नम्बर १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी साइकल यात्री दमक–४ घरघरेका ६० वर्षीय सोमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

दुर्घटनामा परी गम्भीर घाइते भएका विकलाई उपचारका लागि दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रनाउ खड्काले बताए । दुर्घटनामा परेको बस र मकवानपुर हेटौँडा उपमहानगरपालिका–७ का ४७ वर्षीय बस चालक राजेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise