२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

वीरगञ्जमा बीपी कोइरालाको ४३औं स्मृति दिवसमा वृक्षारोपण

shivam cement
महमद सदाब
२०८२ साउन १० गते २०:३०
Shares
वीरगञ्जमा बीपी कोइरालाको ४३औं स्मृति दिवसमा वृक्षारोपण

वीरगञ्ज : नेपाली कांग्रेसले महामानव विश्वेश्वर प्रसाद (बीपी) कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा पर्साको हरपतगन्ज वडा नं.२० रामजानकी मठ अपौनी परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका उपप्रमुख इम्तियाज आलमले वृक्षारोपणको महत्वबारे जोड दिँदै वृक्ष हाम्रा जीवनका आधार हुन् । उनले भने, ‘हामी सबैले आफ्नो घर, विद्यालय, गाउँ र शहर वरिपरि वृक्षारोपण गरेर वातावरण संरक्षणमा योगदान दिनुपर्छ ।’

साथै, उनले महामानव बीपी कोइरालाको जीवन, योगदान र त्यागको चर्चा गर्दै बीपीले जनताको हकहितमा जहानिया राणा शासन तथा जमिन्दारी प्रथाको अन्त्यका लागि गरेको संघर्ष स्मरण गराए ।

उपप्रमुख आलमले बीपी कोइरालाको विचार आज पनि जनताको मुटुमा रहेको बताउँदै भने,‘बीपी हाम्रो बीचमा नभए पनि उहाँका सिद्धान्तहरूमा हामी हिँडिरहेका छौं ।’

उनले हाल हरपतगन्ज क्षेत्रमा रहेको पानीको समस्याबारे अवगत गराउँदै समाधानका लागि आफू सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का कार्यबाहक सभापति अनिल सिंह थिए । अन्य अतिथिहरूमा विजय पटेल, श्रीकान्त दास, सुरेन्द्र प्रसाद यादव, अरुण पुरी, मनोज चौरसिया, रजाक मियाँलगायतको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस हरपतगन्ज वडा नं. २० का बूथ सभापति हरिचन्द्र प्रसाद यादवले गरेका थिए । 

वृक्षारोपण कार्यक्रममा स्थानीय बासिन्दा तथा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले विभिन्न जातका बिरुवा रोपेर बीपी कोइरालाको स्मृतिमा वातावरण संरक्षणको सन्देश दिएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर