२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

बनाना रिसोर्टमा आगलागी हुँदा लाखौंको क्षति

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ साउन १७ गते १०:०१
Shares
बनाना रिसोर्टमा आगलागी हुँदा लाखौंको क्षति

रौतहटः जिल्लाको पश्चिमी भेगमा पर्ने ईशनाथ नगरपालिका अन्तर्गत रहेको औरैयामा बनाना रिसोर्टमा आगलागी भएको छ। इशनाथ नगरपालिकाको वडा नम्बर–२ मा रहेको बनाना रिसोर्ट (केराबारी) मा शनिबार विहान ३ः४० बजे आगलागी भएको हो ।

ncell

रिसोर्टका संचालक राकेश गुप्ताका अनुसार करिब ४० लाख रूपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ ।  रिसोर्टमा करिब १५ लाख रूपैयाँ बराबरको विभिन्न कृषिमा प्रयोग हुने मेशीनहरू, खाधान्न, फर्निचर, फ्रिजलगायतका सामानहरू जलेर नष्ट भएको संचालक गुप्ताले बताए । 

शशस्त्र प्रहरी बीओपी औरैयाका सहायक प्रहरी निरीक्षक संजिव कुमार सिंहको कमाण्ड र नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको उनले बतााए । आगलागीको मुख्य कारण पत्ता नलागिसकेको बताइएको छ । 

ताजा खबर

सम्बन्धित खबर