२०८२ साउन १७ गते शनिवार / Aug 02 , 2025 , Saturday
२०८२ साउन १७ गते शनिवार
Ads

नेपाल एयरलाइन्सको हप्तामा ३ दिन दम्माम-काठमाडौं उडान

shivam cement
अन्जान गुभाजु
२०८२ साउन १७ गते १५:५४
नेपाल एयरलाइन्सको हप्तामा ३ दिन दम्माम-काठमाडौं उडान

दम्माम, साउदी अरब : नेपाल एयरलाइन्सले साउदी अरबको दम्मामबाट काठमाडौंका लागि नियमित उडान सञ्चालन गरिरहेको छ । साउदीस्थित नेपाली समुदायलाई लक्षित गर्दै कम्पनीले प्रत्येक हप्ता आइतबार, मंगलबार र बिहीबार बिहान २ बजे दम्मामबाट काठमाडौंका लागि सिधा उडान गर्दै आएको हो ।

नेपाल एयरलाइन्सकी साउदी प्रतिनिधि अन्जु शर्माका अनुसार प्रवासी नेपालीको सहजता र सुरक्षालाई प्राथमिकता दिँदै नियमित सेवा सञ्चालन गरिएको हो । उनले भनिन्, 'हामी प्रवासी नेपालीहरूका लागि सुरक्षित, भरपर्दो र सहज सेवा दिन प्रतिबद्ध छौं ।'

उक्त उडानमार्फत यात्रुले ४० केजीसम्म चेक–इन लगेज र ७ केजी ह्यान्ड क्यारीको सुविधा पाउनेछन् । साथै, यात्राका क्रममा तातो खाना, टिकट मिति परिवर्तन, रिफन्ड, सिट छनोट तथा अतिरिक्त लगेज खरिदको व्यवस्था पनि गरिएको छ ।

शर्माले भनिन्, 'हाम्रो उद्देश्य सस्तो भाडा मात्र होइन, यात्रुलाई सम्मानजनक अनुभव दिनु हो । कुनै जानकारी वा सहायता आवश्यक परेमा यात्रुहरूले हामीसँग सिधा सम्पर्क गर्न सक्नुहुन्छ ।'

नेपाल एयरलाइन्सको यो पहलले साउदी अरबमा रहेका नेपाली श्रमिक र अन्य यात्रुहरूलाई घर फर्कने यात्रामा सहजता र विश्वास प्रदान गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise