२०८२ साउन २४ गते शनिवार / Aug 09 , 2025 , Saturday
२०८२ साउन २४ गते शनिवार
Ads

प्रधानमन्त्री ओलीद्वारा जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना

shivam cement
मध्यान्ह
२०८२ साउन २४ गते ०९:११
प्रधानमन्त्री ओलीद्वारा जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सबैलाई जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना व्यक्त गरेका हुन्। ‘आज श्रावण शुक्ल पूर्णिमा, यस दिन हामी तीनवटा सांस्कृतिक पर्व जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धन मनाउँछौँ । वर्षे बाली लगाइसकेर चिसोबाट बच्न गेँडागुडी खाने पर्वका रूपमा हाम्रा पुर्खाले यसलाई मनाउँदै आएका छन्’, प्रधानमन्त्री ओलीले लेखेका छन् । 

प्रधानमन्त्री ओलीले जनैपूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिन्छ भने रक्षाबन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाइने गरेको उल्लेख गरे । ‘प्राचीन विद्वान्हरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मानस्वरुप ऋषि तर्पणी मनाइन्छ’, प्रधानमन्त्री ओलीले लेखेका छन् । 

आज श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारणा गरेर मनाइँदै छ ।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise