कैलाली : पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको राजिपूरमा गएराति भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
गौरीगंगा नगरपालिका–४ राजिपुरमा म १ ज ३१९ नम्बरको विङ्गर र से १ ह २५१० अटो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा घोडाघोडी नौका युवराज चौधरी, भिगम चौधरी र जितेन चौधरी रहेका छन । तीनै जनाको सेति प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेहरुको सोही अस्पतालमा उपचार भैरहेको छ ।
ठक्कर दिने विङ्गरका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भने दुर्घटनापछि फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies