२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

ब्रह्माकुमारी केन्द्रद्वारा राष्ट्रपति, प्रधानमन्त्रीसहित शीर्षनेतालाई रक्षाबन्धन

Nada
२०८२ साउन २४ गते १७:५९
Shares
ब्रह्माकुमारी केन्द्रद्वारा राष्ट्रपति, प्रधानमन्त्रीसहित शीर्षनेतालाई रक्षाबन्धन

काठमाडौं : जनैपूर्णिमाको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी निर्देशक ब्रह्माकुमारी राजदिदीले राष्ट्रपति, प्रधानमन्त्रीसहित मुलुकका विभिन्न पार्टीका शीर्षनेतालाई रक्षाबन्धन लगाइदिएकी छन् ।

ncell

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी निर्देशक ब्रह्माकुमारी राजदिदीले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई रक्षाबन्धन लगाइदिएकी हुन् ।

ब्रह्माकुमारी राजदिदीले उपराष्ट्रपति रामसहाय प्रसाद यादव,  प्रधानन्यायाधीश प्रकाशमान शिंह रावत, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालका साथै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री  शेर बहादुर देउवालाई पनि रक्षाबन्धन लगाइदिएकी थिइन् ।

यसैगरी सेवा केन्द्रकी ब्रह्माकुमारी किरण र कुसुमले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान शिंह, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतशिंह भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडी, वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललगायत अन्य प्रदेश स्तरीय मन्त्रीहरूलाई समेत रक्षाबन्धन लगाइदिएकी हुन् ।

यसका साथै नेपालका सरकारी कार्यालय, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरू, प्रहरी, सैनिक, अस्पताल तथा विभिन्न संघ संस्थामा कार्यरत कर्मचारीहरू गरी ५०० भन्दा खामबन्दी राखी तथा इश्वरीय सन्देश पठाउने काम संस्थाले गरेको थियो ।

सो अवसरमा केन्द्रकी निर्देशक राजदिदीले हिन्दूको चाड रक्षाबन्धन पवित्रताको सूचक भएकाले आजको दिनको उपयोगबाट पवित्र सोच र आचरणमा सुधार आउने विश्वास व्यक्त गरिन् ।

सम्बन्धित खबर