२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

दुबईका सफल व्यवसायी ठक्कर कार्की कतारमा सम्मानित

Nada
तिलु शर्मा पौडेल
२०८२ साउन २४ गते २२:२२
Shares
दुबईका सफल व्यवसायी ठक्कर कार्की कतारमा सम्मानित

दोहा कतार : दुबईमा रहेर आफ्नो सौन्दर्य उत्पादक कम्पनी चलाइरहेका म्याग्दीका ठक्कर बहादुर कार्की (प्रकाश) मोना कतारद्वारा सम्मानित भएका छन् । 

ncell

आफ्ना कम्पनी उजोवा, बिउटी क्लिनिक र निशा ब्रान्डलाई स्थापित गर्न कतार आइपुगेका सफल व्यवसायी तथा मोना दुबईका संरक्षक कार्कीलाई शुक्रबार साँझ मोना कतार र मोना कतार बहुउद्देश्यीय अक्षयकोषले संयुक्त रूपमा मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरेको हो । 

सम्मान ग्रहणपछि बोल्दै कार्कीले विश्वभर रहेकामध्ये मोना कतार उत्कृष्ट रहेको बताउँदै मोनाको अन्तर्राष्ट्रिय समिति हाक्ने तहसम्म पुग्ने बेला आएको बताए । 

मध्यपूर्वले एकपटक नेतृत्व लिन अगाडि बढ्नुपर्ने बताउँदै कार्कीले अबको अन्तर्राष्ट्रिय महाधिवेशन मार्फत केही नयाँ अनुहार संस्थामा उदाउन सक्ने संकेत गरे । उनले संस्था, विधि र विधानमा चल्ने हुँदा त अर्को पटक नेतृत्व गर्लास् भनेर कसैलेपनि सम्झौता गर्न नहुने धारणा राखे । 

आफू मोना रहेका थुप्रै देशमा पनि व्यवसायिक सिलसिलामा पुग्दा कहिल्यै मोना कतारले झैँ न्यानो आतिथ्यता नदिएको अनुभव हुँदा यो माया आफूले जीवन्त राख्ने बताए । मोना कतार अक्षय कोषको श्रीवृद्धिका लागि आफूले सक्ने सहयोग गर्न तयार रहेपनि कोषले उत्पादक मूलक काम गर्नुपर्ने उनले बताए । 

वरिष्ठ उपाध्यक्ष देवी कँडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा बोल्दै मोना कतारका संरक्षक तथा अक्षय कोषका अध्यक्ष विक्रम कार्कीले परोपकारी र अतिनै आवश्यक वर्गसम्म सहयोग पु¥याउन अक्षयकोषको स्थापना गरिएको बताए । मोना आइइसीका कोषाध्यक्ष नरेन्द्र फगामीको प्रमुख आतिथ्यता तथा मोना कतारका अध्यक्ष बाबुराम भण्डारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै फगामीले दुबईबाट सुरु गरेर विश्वभर आफ्ना उत्पादन पुर्‍याउन सफल भएकोमा व्यवसायी कार्कीलाई बधाइ दिए । उनले कम्पनिले म्याग्देलीहरुलाई खास सपोर्ट गर्न आग्रह समेत गरे ।

महासचिव शिव खड्काले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष भण्डारीले सँगै पढेको साथीको सफलताले आफूलाई समेत खुसी दिएको बताउँदै कतार भ्रमण सफल रहोस् भन्ने कामना गरे । सम्मान कार्यक्रममा मोना कतारको संरक्षक रमेश पौडेल लयागतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर