२०८२ साउन २६ गते सोमवार / Aug 11 , 2025 , Monday
२०८२ साउन २६ गते सोमवार
Ads

रामेछापमा लाखेनाच र गाईजात्रा प्रदर्शन

shivam cement
मध्यान्ह
२०८२ साउन २५ गते १८:०७
रामेछापमा लाखेनाच र गाईजात्रा प्रदर्शन

रामेछाप : रामेछापको मन्थली नगरपालिकामा नेवार समुदायले पुर्खाबाट प्रचलित परम्परा झल्काउने लाखेनाच र गाईजात्रा तेस्रो वर्ष पनि उत्साहपूर्वक प्रदर्शन गरेका छन् । नेवाः देय् दबु मन्थलीका अध्यक्ष शेखरकुमार श्रेष्ठको नेतृत्वमा गणेशपूजा पश्चात नगर परिक्रमा गरिएको थियो ।

लाखेलाई उग्र रूपमा देखाइए पनि लोककथाअनुसार त्यसको त्याग र दयालु स्वभावले सन्देश दिने विश्वास रहिआएको छ । यस वर्षको कार्यक्रममा नयाँ जुम्बा नृत्य पनि थपिएको थियो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईं, जिल्ला समन्वय समितिका उपप्रमुख प्रेम सागर, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य त्रैलोक्यमान बनेपाली, मालपोत कार्यालय प्रमुख सुमा श्रेष्ठ तथा पत्रकार कैलाशकुमार केसीलगायतको उपस्थिति थियो ।

अभिनन्दन मन्तव्यका क्रममा प्राज्ञ बनेपालीले मन्थलीले आफ्नो सांस्कृतिक पहिचान खोज्दै परम्परा, प्रविधि र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले लाखेसँगै धिमे, लालाखिं, धां, भुछ्याय्, सिछ्याय्, भुचा, कवां, खानपिन र श्रृङ्गारजस्ता सांस्कृतिक तत्व जीवित राख्न सबै जातिले ध्यान दिनुपर्ने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise