२०८२ साउन २६ गते सोमवार / Aug 11 , 2025 , Monday
२०८२ साउन २६ गते सोमवार
Ads

समयमै सामाजिक सुरक्षा भत्ता नपाएपछि नगरपालिकामा तालाबन्दी

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ साउन २५ गते २०:४१
समयमै सामाजिक सुरक्षा भत्ता नपाएपछि नगरपालिकामा तालाबन्दी

रौतहट : समयमै सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै स्थानीय सेवाग्राहीहरूले गुजरा नगरपालिकामा तालाबन्दी गरेका छन् । नगरपालिकाले चौथो त्रैमासिकको करिब ५ करोड ९६ लाख रुपैयाँ असार ११ गते नै एनआईसी एशिया बैंक गुजरा शाखामा पठाए पनि समयमा रकम वितरण नभएपछि स्थानीयहरूले विरोधस्वरूप तालाबन्दी गरेका हुन् । 

स्थानीय समाजसेवी विजय साह बानियाका अनुसार, नगरपालिकामा तालाबन्दी भएपछि प्रमुख प्रशासकीय अधिकृत उदय नारायण देवकोटाले सेवाग्राहीहरूसँग भत्ता वितरणका लागि बैंकसँग पहल गर्ने प्रतिवद्धता जनाएपछि करिब दुई घण्टापछि तालाबन्दी खुलेको हो ।

यसअघि, बैंक प्रशासनले कर्मचारी अभावका कारण भत्ता बाँड्न नसकिएको रेडिमेड जवाफ दिएको थियो । बैंकका शाखा प्रबन्धक सदेउ परवेजले बैंकमा कर्मचारीको कमी र भत्ता वितरणका लागि आवश्यक तालिका प्रकाशनमा ढिलाइ भएको कारण रकम वितरण हुन नसकेको दाबी गरे ।

साथै, उनले समस्या समाधानका लागि बैंकले विशेष पहल गर्ने आश्वासन पनि दिए ।तर स्थानीयहरूले भने बैंकले समयमा पैसा नबाँडेर ब्याजमा लगाएको आरोप लगाएका छन्। गुजरा नगरपालिकामा करिब ३,३०० ज्येष्ठ नागरिक र ५,४०० जना बालपोषण भत्ता पाउने सेवाग्राही रहेका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise