२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

समयमै सामाजिक सुरक्षा भत्ता नपाएपछि नगरपालिकामा तालाबन्दी

Nada
धर्मेन्द्रकुमार साह
२०८२ साउन २५ गते २०:४१
Shares
समयमै सामाजिक सुरक्षा भत्ता नपाएपछि नगरपालिकामा तालाबन्दी

रौतहट : समयमै सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै स्थानीय सेवाग्राहीहरूले गुजरा नगरपालिकामा तालाबन्दी गरेका छन् । नगरपालिकाले चौथो त्रैमासिकको करिब ५ करोड ९६ लाख रुपैयाँ असार ११ गते नै एनआईसी एशिया बैंक गुजरा शाखामा पठाए पनि समयमा रकम वितरण नभएपछि स्थानीयहरूले विरोधस्वरूप तालाबन्दी गरेका हुन् । 

ncell

स्थानीय समाजसेवी विजय साह बानियाका अनुसार, नगरपालिकामा तालाबन्दी भएपछि प्रमुख प्रशासकीय अधिकृत उदय नारायण देवकोटाले सेवाग्राहीहरूसँग भत्ता वितरणका लागि बैंकसँग पहल गर्ने प्रतिवद्धता जनाएपछि करिब दुई घण्टापछि तालाबन्दी खुलेको हो ।

यसअघि, बैंक प्रशासनले कर्मचारी अभावका कारण भत्ता बाँड्न नसकिएको रेडिमेड जवाफ दिएको थियो । बैंकका शाखा प्रबन्धक सदेउ परवेजले बैंकमा कर्मचारीको कमी र भत्ता वितरणका लागि आवश्यक तालिका प्रकाशनमा ढिलाइ भएको कारण रकम वितरण हुन नसकेको दाबी गरे ।

साथै, उनले समस्या समाधानका लागि बैंकले विशेष पहल गर्ने आश्वासन पनि दिए ।तर स्थानीयहरूले भने बैंकले समयमा पैसा नबाँडेर ब्याजमा लगाएको आरोप लगाएका छन्। गुजरा नगरपालिकामा करिब ३,३०० ज्येष्ठ नागरिक र ५,४०० जना बालपोषण भत्ता पाउने सेवाग्राही रहेका छन् । 

सम्बन्धित खबर