सुर्खेतः जाजरकोटको भेरी नगरपालिका–१ कोलचौर नजिकै कल्ले खोलामा आज बिहान भे१च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
चालक भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको घटनास्थलमा नै मृत्यु भएको हो । अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।
भेरी नगरपालिका–१ डौँरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो । उकालो जाने क्रममा भित्तामा ठोक्किएर एम्बुलेन्स करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।