२०८२ साउन २६ गते सोमवार / Aug 11 , 2025 , Monday
२०८२ साउन २६ गते सोमवार
Ads

रविलाई राखिएको कोठामा दुई पंखा छन्, झ्याल थुनिएको छ : मानव अधिकार आयोग

shivam cement
मध्यान्ह
२०८२ साउन २६ गते १३:४४
रविलाई राखिएको कोठामा दुई पंखा छन्, झ्याल थुनिएको छ : मानव अधिकार आयोग

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राखिएको भैरहवा कारागारको अनुगमन गर्दा आधारभूत सुविधाको गम्भीर कमी देखिएको बताएका छन् ।

आयोगकी प्रवक्ता लिली थापाका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, पर्याप्त शौचालय नभएको र भएका शौचालयको अवस्था पनि सन्तोषजनक नरहेको पाइएको छ । उनले रविको कोठामा एसी नरहेको र झ्यालहरू प्लाई उडले टालिएकाले हावा आवतजावत हुने अवस्था नरहेको जानकारी दिइन् ।

“कोठामा दुई वटा पंखा छ, तर झ्यालहरू बन्द गरिएको रहेछ । जेल प्रशासनले सुरक्षाका कारण टालेको बताए पनि हाम्रो आग्रहपछि खोल्न तयार भएको छ,” थापाले भनिन् ।

थापाले अदालतको आदेश हुँदाहुँदै पनि लामिछानेलाई अन्यत्र स्थानान्तरण नगरेको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिन् । उनका अनुसार कारागारमा पत्रपत्रिका नपुग्ने भएकाले लामिछानेसहित कैदीहरू सूचना सुविधाबाट वञ्चित छन् ।

इन्सेककी प्रतिनिधि रिमा बिसीले रविको कोठामा एउटा ठुलो फलामको पंखा र अर्को स्ट्यान्ड पंखा रहेको बताइन् । उनका अनुसार प्रशासनले नजिकैका घर र सर्पदंशको जोखिमका कारण झ्याल बन्द राखिएको बताए पनि, जाली वा डन्डी राखेर झ्याल खोल्न सुझाव दिइएको र प्रशासनले सहमति जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise