२०८२ साउन २६ गते सोमवार / Aug 11 , 2025 , Monday
२०८२ साउन २६ गते सोमवार
Ads

सामुदायिक वनलाई कार्बन क्रेडिट कारोबारमा सहभागी गराउँछौँः मन्त्री शाही

shivam cement
मध्यान्ह
२०८२ साउन २६ गते १७:२१
सामुदायिक वनलाई कार्बन क्रेडिट कारोबारमा सहभागी गराउँछौँः मन्त्री शाही

काठमाडौंः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सबै सामुदायिक वनलाई कार्बन क्रेडिट कारोबारमा सहभागी गराउने प्रतिबद्धता जनाएका छन् । 

सामुदायिक वन दिवसको अवसरमा आज आयोजित राष्ट्रिय पुरस्कार र प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री शाहीले कार्बन वित्त तथा जलवायु परियोजनाअन्तर्गत सरकारले सामुदायिक वनलाई कार्बन क्रेडिट कारोबारमा सहभागी गराउने योजना बनाएको बताए ।

डिजिटल अभिलेख र पारदर्शिता कायम गर्न सबै सामुदायिक वनको डेटा र वित्तीय विवरण अनलाइन प्रणालीमा एकीकृत गर्ने योजना रहेको मन्त्री शाहीले बताए । 

‘उत्पादन र बजार विकासः काठ, गैरकाष्ठ, औषधिजन्य वनस्पति, बेत बाँसको उत्पादन वृद्धि गरी प्रशोधन तथा निर्यातका लागि आधुनिक प्रविधि र बजार सञ्जाल विस्तार गर्ने योजना छ’, उनले भने, ‘जलवायुजन्य विपद् व्यवस्थापन क्षमतामा वृद्धि गर्न वन डढेलो, भूस्खलन, बाढीलगायतका जोखिम न्यूनीकरणमा वन समूहलाई परिचालन गर्न उपयुक्त तालिम र उपकरण सहयोग गर्ने योजना छ ।’ 

सामाजिक समावेशीकरणका लागि महिला, दलित, जनजाति, विपन्न तथा अपाङ्गता भएका व्यक्तिको नेतृत्व वृद्धि र निर्णय प्रक्रियामा सहभागिता गराउने तथा सफल सामुदायिक वनका अभ्यास प्रदेश र अन्तर्राष्ट्रिय स्तरमा आदान–प्रदान गर्ने योजना रहेको मन्त्री शाहीले बताए ।

‘दीगो वन व्यवस्थापनमार्फत उत्पादन वृद्धि गरी काठ दाउरामा आत्मनिर्भर हुने साथै निकासी प्रवर्द्धन गरिनेछ’, मन्त्री शाहीले भने । वन अतिक्रमण र अवैध कटानी रोक्न अझ प्रभावकारी कदमको आवश्यकता रहेको उनको भनाइ थियो । मन्त्री शाहीले जलवायु परिवर्तनका कारण वन डढेलो, रोग–कीराबाट हुने क्षति र पानीको स्रोत सुक्दै जाने समस्या रहेको बताए ।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise