२०८२ साउन २६ गते सोमवार / Aug 11 , 2025 , Monday
२०८२ साउन २६ गते सोमवार
Ads

ऊर्जामन्त्री खड्कासँग अष्ट्रेलियाली राजदूतको शिष्टाचार भेट

shivam cement
मध्यान्ह
२०८२ साउन २६ गते १८:१३
ऊर्जामन्त्री खड्कासँग अष्ट्रेलियाली राजदूतको शिष्टाचार भेट

काठमाडौंः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालस्थित अष्ट्रेलियाका राजदूत लिआन जोनस्टनले शिष्टाचार भेट गरेका छन् ।

ऊर्जा मन्त्रालयमा आज भएको भेटमा मन्त्री खड्काले नेपाललाई अस्ट्रेलियाले गर्दै आएको सहयोगप्रति आभार प्रकट गरे । मन्त्री खड्काले अष्ट्रेलियाले नेपाललाई दिँदै आएको छात्रवृत्ति तथा क्षमता विकास कार्यक्रमले नेपालको जनशक्ति सुदृढीकरणमा निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरे ।

भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्धको ६५ वर्ष प्रवेश भएकोमा खुसी व्यक्त गर्दै मन्त्री खड्काले जलविद्युत् विकास, नवीकरणीय ऊर्जा, प्रसारण प्रणाली आधुनिकीकरण, जलवायु अनुकूलित सिँचाइ, स्वच्छ ऊर्जा, पूर्वाधार र प्रविधि क्षेत्रमा सहकार्यको अपार सम्भावना रहेको बताए ।

उनले नेपालको हरित ऊर्जा रूपान्तरण यात्रामा अष्ट्रेलियाली प्रविधि र लगानीलाई स्वागत गर्ने प्रतिबद्धता जनाए । भेटका क्रममा राजदूत जोनस्टनले मन्त्री खड्कालाई आगामी सेप्टेम्बर ८ देखि १० सम्म फ्रान्सको पेरिसमा आयोजना हुने अन्तर्राष्ट्रिय पम्प स्टोरेज जलविद्युत् सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा गरिन् ।

उनले नेपालले ऊर्जा क्षेत्रको विकासका लागि मन्त्री खड्काकै कार्यकालमा ऊर्जा विकास मार्गचित्र ल्याएकोमा बधाई तथा शुभकामना व्यक्त गरिन् । राजदूत जोनस्टनले वातावरणीय सन्तुलन कायम राख्दै जलविद्युत् विकास नेपालका लागि लाभदायी हुनेमा विश्वास व्यक्त गर्दै यस महत्वाकांक्षी योजनामा अष्ट्रेलियाको सहयोग र साझेदारी रहने आश्वासन दिइन् ।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise