२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

अविरल वर्षाले साल्पामा ६ घर विस्थापित

Nada
२०८२ साउन २७ गते १६:५९
Shares
अविरल वर्षाले साल्पामा ६ घर विस्थापित

भोजपुरः अविरल वर्षाका कारण भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका–६ मा ६ घरपरिवार विस्थापित भएका छन् ।

ncell

केही दिनदेखिको अविरल वर्षाका कारण साल्पासिलिछो वडा नम्बर ६, खाम्दाकका ६ घर परिवार घर छाडेर अन्यत्र विस्थापित भएका हुन् । घरमाथि र मुनिबाट पहिरो जान थालेपछि उनीहरूलाई सुरक्षित आफन्त तथा अन्य स्थानमा स्थानान्तरण गरिएको वडाध्यक्ष विक्रम वनले जानकारी दिए । चर्किएर घरमा बस्न नमिल्ने गरी क्षति पुगेकाले उनीहरूलाई आफन्त र क्लबको भवनमा राखिएको वडाध्यक्ष वनको भनाइ छ ।

विस्थापित हुनेहरूमा सोही वडाका विक्रम राई, विजय राई, धर्मराज राई, दलकुमार राई, ज्योती राई र देउराज राईको परिवार रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश यादवले वर्षासँगैको पहिरोको जोखिममा परेको जानकारी आएको बताए ।  

सम्बन्धित खबर