काठमाडौंः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्याय र मानव अधिकारको यात्रामा कुनै आवाज उपेक्षित हुन नहुने बताएका छन् ।
ललितपुरमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वन तथा वातावरण मन्त्रालयले लैंगिक समानतालाई वातावरणीय नीति र जलवायु कार्यमा मुख्य आधारमा ल्याउन प्रतिवद्ध रहेको बताए । त्यसका लागि प्रयास र प्रक्रिया अघि बढिरहेको बताए । युवाहरुको नवप्रवर्तनलाई समर्थन गर्न दिगो विकासमा विज्ञान र नीतिबीचको साझेदारी निर्माण गर्न हामी लागिरहेको बताए ।
उनले भने, ‘वन तथा वातावरण मन्त्रालयले लैङ्गिक समानतालाई वातावरणीय नीति र जलवायु कार्यमा मुख्य आधारमा ल्याउन प्रतिवद्ध छौँ । त्यसको प्रयास र प्रक्रियाहरु भइरहेको छ । युवाहरुको नवप्रवर्तनलाई समर्थन गर्न दिगो विकासमा विज्ञान र नीतिबीचको साझेदारी निर्माण गर्न हामी लागिरहेका छौँ । आजका युवाहरु भोलिका नेताहरु मात्र होइनन्, आज नै नेतृत्व गरिरहेको महशुस गरेको छु । युवाहरुको विचार, उर्जा र शाहसले नेपालको हरित न्यायपूर्ण र समावेशी भविष्यतर्फको यात्रा सुचारु भएको छ । आउनुस्, हामी मिलेर काम गरौँ । जलवायु न्याय र मानव अधिकारको यात्रामा कुनै आवाज उपेक्षित नहोस्, कुनै आवाज खेर नजाओस् ।’