२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

प्रादेशिक अस्पतालहरूको गुणस्तर सुधार हुँदै गएको मुख्यमन्त्री सिंहको दावी 

Nada
धर्मेन्द्रकुमार साह
२०८२ साउन २८ गते ०८:१४
Shares
प्रादेशिक अस्पतालहरूको गुणस्तर सुधार हुँदै गएको मुख्यमन्त्री सिंहको दावी 

गौर : मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले प्रादेशिक अस्पतालहरूको गुणस्तर सुधार हुँदै गएको बताएका छन्  l गौर स्थित प्रादेशिक अस्पतालमा आयोजित चमेना गृह उद्घाटन तथा सामाजिक परिक्षण कार्यक्रममा सम्बोधन गर्दै मन्त्री सिंहले प्रदेश सरकारको निरन्तरको प्रयासले अस्पतालका सेवाहरूमा सुधार हुदै गएको बताएका हुन् l 

ncell

उनले सेवा सुधार हुँदा सेवाग्राहीको संख्या पनि बढ्दै गएको बताए ल नागरिकको अपेक्षा पूरा गर्न अझै काम गर्न आवश्यक रहेको स्वीकार गर्दै उनले प्रादेशिक अस्पतालहरूको लागि आवश्यक जनशक्ति तथा मेसिनहरूको व्यवस्थापन हुने बताए l 

मुख्यमन्त्री सिंहले सरकारी अस्पतालप्रति आम नागरिकको विश्वास बढाउन आवश्यक रहेको उल्लेख गर्दै न्यूनतम खर्चमा गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने वातावरण बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिए । साथै, गौर प्रादेशिक अस्पतालमा नर्सिङ शिक्षा सुरु गर्न पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

निजी तवरले सन्चालित धेरै अस्पतालहरू अझै पनि मापदण्डविपरीत रहेको उनको आरोप छ l  उनले नेपाल सरकारले तोकेको मापदण्डबमोजिम अस्पतालहरू सन्चालन  हुनुपर्नेमा त्यसो हुन नसकेको बताए l 

पालिकाहरूले १५ शय्या बराबरको अस्पताल सन्चालन गर्न अनुमति दिन सक्ने प्रवाधान भए पनि त्यसको पनि केही मापदण्ड रहेको उनको तर्क छ  l 

अस्पतालहरुले आई.सी.यु. को नाममा प्लाई बोर्ड ठोकी एसीलगाई सर्वसाधारणलाई ठगिरहेको आरोप लगाउँदै मुख्यमन्त्री सिंहले सरकारी अस्पतालका सेवाहरूबारे प्रचार आवश्यक रहेको तर्क गरे l 

उनले अहिले एम्बुलेन्समा पनि सेटिंग रहेको  बताउँदै एक अभियान चलाउनु पर्ने बताए  l उनले भने,“भारतमा पाईने मूल्यमै कर छुटमा एम्बुलेन्सहरू नेपाल ल्याईन्छ l तर नेपालमा एम्बुलेन्स सेवा व्यापार बनेको छ  l जहाँ जुन वडा/क्षेत्रको लागि माग गरिएको हो सोही क्षेत्रबाट ति एम्बुलेन्सहरू सन्चालन हुनुपर्छ l” 

मुख्यमन्त्री सिंह प्रमुख अतिथि रहेको सो कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंह, स्वास्थ्य सचिव डाक्टर प्रमोद यादव, गौर नगरपालिकाका पूर्व प्रमुख अजय गुप्ता, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो l 

यस अघि मुख्यमन्त्रीले अस्पतालमा नवनिर्मित चमेना गृह भवनको उदघाटन गरेका थिए l अस्पताल विकास समितिको आयोजनामा आयोजित उक्त कार्यक्रमको अध्यक्षता व्यवस्थापन समितिका अध्यक्ष महमद अनावर हास्मीले गरेका थिए l

सम्बन्धित खबर