२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

बैतडीका दुर्गम भेगमा विद्युत् सेवा विस्तार

shivam cement
मध्यान्ह
२०८२ साउन २८ गते ०८:२१
बैतडीका दुर्गम भेगमा विद्युत् सेवा विस्तार

बैतडी : जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रस्थित शिवनाथ गाउँपालिकामा विद्युत् सेवा विस्तार भएको छ । गाउँपालिकाकाको वडा नं २ शर्माली र वडा नम्बर ३ सौगडामा विद्युत् सेवा विस्तार भएको हो । 

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार भारतसँग सिमाना जोडिएको शिवनाथ-२  शर्मालीका ५८ घरमा बिजुली पुगेको छ । वडा नम्बर ३ को सौगडामा पनि धमाधम विद्युतीकरण भइरहेको छ । बिजुली विस्तार गर्न बाँकी रहेका ४ र १ नम्बर चाँडै काम थालिने उनले  बताए । शिवनाथका वडा नम्बर ५ र ६ मा यसअघि नै बिजुली बलिसकेको छ । गाउँमा बिजुली बलेसँगै  अन्न कुट्ने पिस्ने मिल सञ्चालन भएका छन् । 

शिवनाथ क्षेत्रमा ११ केभी लाइन विस्तार गरेर बिजुली बालिएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जानकारी दिए ।
 

ADV

सम्बन्धित खबर

Advertise