२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

प्रवासी नेपाली एकता मञ्च कतारले तिज मनाउने

Nada
तिलु शर्मा पौडेल
२०८२ साउन २८ गते १६:१३
Shares
प्रवासी नेपाली एकता मञ्च कतारले तिज मनाउने

दोहा, कतार : प्रवासी नेपाली एकता मञ्च कतारले हरितालिका तिज मनाउने भएको छ । मञ्चले नेपाली महिलाहरूको महान् पर्व तिजको अवसरमा पारेर आउँदो शुक्रबार बिहान ११ बजेदेखि दोहास्थित होटेल क्राउन प्लाजाको सभाहलमा करिब २ दर्जन कलाकारहरूको सांस्कृतिक प्रस्तुति माझ शुभकामना आदानप्रदानसहित तिज मनाउन लागेको हो ।

ncell

विगतका वर्षहरूमा पनि तिजलाई प्राथमिकताका साथ मनाउँदै आइरहेको मञ्चले यस वर्ष भने कतारमा रहेर कामसँगै नेपाली गीत संगीतमा आफ्नो समय व्यतीत गरिरहेका करिब दुई दर्जन कलाकारलाई समेटेर तिज मनाउन लागेको हो । कार्यक्रममा दोहामा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्ता, कलाकार , पत्रकारका साथै सम्पूर्ण नेपालीलाई उपस्थिति भई दर खान र मनोरञ्जन लिन मञ्चका अध्यक्ष मोहमद मुक्त्दा मुसलमानले आग्रह गरेका छन् ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रम व्यावसायिक नभई कतारमा रहेका नेपाली दिदीबहिनीसँग भेटघाट होस् र सामूहिक रूपमा सांगीतिक माहोलमा तिज मनाउन सकियोस् भन्ने हेतुले तिज कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

सम्बन्धित खबर