२०८२ असोज २२ गते बुधवार / Oct 08 , 2025 , Wednesday
२०८२ असोज २२ गते बुधवार
Ads

प्रवासी नेपाली एकता मञ्च कतारले तिज मनाउने

shivam cement
तिलु शर्मा पौडेल
२०८२ साउन २८ गते १६:१३
प्रवासी नेपाली एकता मञ्च कतारले तिज मनाउने

दोहा, कतार : प्रवासी नेपाली एकता मञ्च कतारले हरितालिका तिज मनाउने भएको छ । मञ्चले नेपाली महिलाहरूको महान् पर्व तिजको अवसरमा पारेर आउँदो शुक्रबार बिहान ११ बजेदेखि दोहास्थित होटेल क्राउन प्लाजाको सभाहलमा करिब २ दर्जन कलाकारहरूको सांस्कृतिक प्रस्तुति माझ शुभकामना आदानप्रदानसहित तिज मनाउन लागेको हो ।

विगतका वर्षहरूमा पनि तिजलाई प्राथमिकताका साथ मनाउँदै आइरहेको मञ्चले यस वर्ष भने कतारमा रहेर कामसँगै नेपाली गीत संगीतमा आफ्नो समय व्यतीत गरिरहेका करिब दुई दर्जन कलाकारलाई समेटेर तिज मनाउन लागेको हो । कार्यक्रममा दोहामा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्ता, कलाकार , पत्रकारका साथै सम्पूर्ण नेपालीलाई उपस्थिति भई दर खान र मनोरञ्जन लिन मञ्चका अध्यक्ष मोहमद मुक्त्दा मुसलमानले आग्रह गरेका छन् ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रम व्यावसायिक नभई कतारमा रहेका नेपाली दिदीबहिनीसँग भेटघाट होस् र सामूहिक रूपमा सांगीतिक माहोलमा तिज मनाउन सकियोस् भन्ने हेतुले तिज कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise