२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

उदयपुरमा अविरल वर्षा : ८५ घर र विद्यालय डुबानमा, केही बस्ती उच्च जोखिममा

shivam cement
बिन्द्र राई
२०८२ साउन २८ गते १६:५९
उदयपुरमा अविरल वर्षा : ८५ घर र विद्यालय डुबानमा, केही बस्ती उच्च जोखिममा

उदयपुर : उदयपुरको बेलका नगरपालिका क्षेत्रमा मंगलबार रातिदेखि निरन्तर परेको वर्षाका कारण विद्यालयसहित दर्जनौं घर डुबानमा परेका छन् ।

बेलका नगरपालिका–३ स्थित सरस्वती आधारभूत विद्यालयसहित एबीसी टोलका ४० र रामपुर ठोक्सिला जुलेफी टोलका ४५ घर गरी कुल ८५ घरमा पानी पसेको नगरपालिकाले जनाएको छ ।

बेलकाका मेयर अशोक कार्कीका अनुसार गिदेरी खोलाको बहाव बढेपछि आसपासका बस्तीमा बाढी पस्दै डुबानको स्थिति सिर्जना भएको हो । सरस्वती आधारभूत विद्यालयको भवनमा समेत पानी प्रवेश गरेपछि अनिश्चितकालका लागि विद्यालय सञ्चालन रोकिएको उनले जानकारी दिए ।

मेयर कार्कीले गिदेरी खोला र सप्तकोशी नदी दुवैको पानीस्तर बढेकाले बेलका–२ रामनगर र शान्तिनगरसहित वडा नं १, ३, ८ र ९ का बस्ती उच्च जोखिममा रहेको चेतावनी दिएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise