तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नवोदित साहित्यिक वाचनालय कतारले आफ्नो तेह्रौँ अधिवेशन नवोदित कृति अवार्ड र स्रष्टा सम्मान तथा बधाई कार्यक्रमसहित अनेसास नवोदितको ११६ औ वाचन डबली सम्पन्न गरेको छ । वाचनालयका अध्यक्ष चक्र कार्कीको सभापतित्व तथा अनेमसं कतार च्याप्टरका अध्यक्ष सिकाराम थापाको प्रमुख आतिथ्यतमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
मुग्लानी सौगात अलखोरका अध्यक्ष गणेश क्षेत्रीलगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा प्रथम उपाध्यक्ष टिका खड्का "राष्ट्रप्रेमी" ले स्वागत मन्तव्य राखेका थिए । महासचिव महेन्द्र खड्काले संस्थागत कार्यप्रगति तथा कोषाध्यक्ष शेखर बस्नेतले आयव्यय प्रस्तुत गरेका थिए ।
डबली र सम्मान
डबलीमा सानु थपलिया, टीका खड्का राष्ट्रप्रेमी, श्यामराज रानाभाट, दीप मिलन र प्रकाश पाठकले आफ्ना रचना वाचन गरेका थिए । निवर्तमान अध्यक्षलाई कार्यसमितिले प्रदान गर्ने सम्मान अन्तर्गत नवोदितका प्रमुख सल्लाहकार दिलीप पराजुली सम्मानित भएका छन् । त्यस्तै एनआरएनए कतारको २०१९/२१ को साहित्यिक पुरस्कार विजेता दीप मिलन र पत्रकारिता पुरस्कार विजेता तिलु शर्मा पौडेललाई समेत बधाई पत्र प्रदान गरिएको थियो ।
कृति अवार्ड
कतारमा बस्दा या कतार छाडेर गएपछि लेखिएका नेपाली भाषाका सेवकहरूको कृतिलाई "नवोदित कृति अवार्ड" प्रदान गर्दै नवोदितले हौसला बढाउँदै आइरहेको छ । छैटौँ संस्करण अन्तर्गत "नवोदित कृति अवार्ड -२०७८" मा दर्ता भएका कृतिहरू मध्येबाट "सनैया" सङ्ग्रहले उक्त अवार्ड जितेको छ । सनैयाका लेखक कान्तिपुर राष्ट्रिय दैनिकका पत्रकार होम कार्की हुन भने उनले अवार्ड सँगै ५ हजार ५ सय ५५ रुपैयाँ नगद पनि प्राप्त गरेका छन् । यसअघि महेन्द्र अदृश्य राई "अदृश्यको प्रतिबिम्ब" कविता सङ्ग्रह २०६९, भानु सुनुवार "रहरको बिस्कुन" गजल सङ्ग्रह २०७०, लेख कार्की मन्दिर" गजल सङ्ग्रह २०७२, विनोद खड्का "ओला" नियात्रा सङ्ग्रह २०७४ र मीनराज वसन्त "पिपिरी"उपन्यास २०७६ ले अवार्ड जिती सकेका छन् । खुल्ला सत्रको समापन सभापति कार्कीले गरेका थिए भने सहजीकरण महासचिव खड्काले गरेका थिए ।
यस्तै अधिवेशनमार्फत टीका खड्का राष्ट्रप्रेमीको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन भएको छ । समितिको प्रथम उपाध्यक्ष रूप रसाइली, द्वितीय उपाध्यक्ष महेन्द्र खड्का, पुस्तकालय संयोजक शेखर बस्नेत, महासचिव नारायण भण्डारी "निर्जल", सचिव सानु थपलिया, कोषाध्यक्ष लीला नाथ घिमिरे र सह कोषाध्यक्ष राम अधीन सम्भव रहेका छन् भने सदस्यमा प्रकाश पाठक र सुरेश परियार"आभास" रहेका छन् । नव निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक श्यामराज रानाभाटले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies