दिपेन्द्र श्रेष्ठ/मध्यान्ह
काठमाडौं : विश्वराम कवांको ‘मेरो जीवन यात्रा’ नामक जीवनी सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमबीच भक्तपुर नगरपालकाका प्रमुख सुनिल प्रजापतिले पुस्तकको विमोचन गरेका हुन् ।
पुस्तकमा आफ्नो बाल्यकालदेखि अहिलेसम्मको जीवनमा आफुले भोगेका, देखेका, जीवनका अनगिन्ती मोडहरुको उतारचढापका बारेका विभिन्न पक्षले अनुसन्धान गरी लेखिएका छन् । भक्तपुर नगरपालिका ७ मा जन्मिएका उनी एक सामाजिक व्यक्तित्व हुन् ।
पुस्तकमा विभिन्न कालखण्डलाई विभाजित गरिएको छ । पुस्तकमा पारिवारिक जीवन र विश्वराम कवां, खेलकुदमा विश्वराम कवां, शिक्षामा विश्वराम कवां, भक्तपुर काण्ड र विश्वराम कवां, सामाजिक कार्य र विश्वराम कवां र व्यवसायिक यात्रा र विश्वराम कवां गरी पुस्तक ६ भागमा विभाजित गरिएको छ । ‘यसरी विभाजित गर्दा पाठकले सजिलै बुझ्न भनेर हो ’ कवांले भने ।
सुरुमा शिक्षण पेशाबाट प्रवेश गरेका उनी शिक्षण पेशाबाट सेवा निवृत हुँदै अहिले व्यवसायी र सामाजिक कार्यमा अग्रसर छन् । उनले व्यावसायिक जीवनसँगै खेलकुदमा पनि केहि समय क्रियाशिल थिए । साथै उनी पछिल्लो समय सामाजिक सेवामा पनि सक्रिय भएर लागेका छन् । पुस्तकमा उनले आफ्ना जीवनका यिनै पाटोहरुका उतारचढाप उतारेका छन् ।
पुस्तकको विमोचना गर्दै प्रमुख प्रजापतिले विश्वरामको पुस्तक समाजका लागि प्रेरणादायी रहेको बताए । लेखक कवांले पुस्तक बिक्रीबाट उठेको रकम सुस्त मनस्थिति अभिभावक संघ सहयोगार्थ प्रदान गर्ने बताए । पुस्तक एक सय ४५ पृष्ठको रहेको छ । पुस्तकको सम्पादन पत्रकार कृष्ण किसीले गरेका थिए । विमोचन समारोहमा विभिन्न व्यक्तित्वहरुले प्रकाशित पुस्तकबारे चर्चा परिचर्चा गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies