२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

रिडी-तम्घास सडक अवरुद्ध

Nada
२०८२ साउन २९ गते ०९:४८
Shares
रिडी-तम्घास सडक अवरुद्ध

गुल्मी : मदनभण्डारी राजमार्गअन्तर्गत रिडी-तम्घास खण्डमा पहिरो खस्दा यो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रुरुक्षेत्र गाउँपालिका-३ स्थित बाख्रे भीरमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । 

ncell

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारुका अनुसार पहिरो पन्छाउने प्रयास जारी छ । निरन्तरको वर्षाले काममा अवरोध भएको छ। वर्षा रोकिनासाथ अवरोध हटाएर यातायातका साधनलाई  सञ्चालनको अनुमति दिइने छ । यो सडक नखुलेसम्म पानीट्याङकी–थोर्गा–सालबिसौन वैकल्पिक सडक प्रयोग गर्न उनले अनुरोध गरेका छन् । 

सम्बन्धित खबर