२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

आज पाँच संसदीय समितिको बैठक बस्दै

shivam cement
मध्यान्ह
२०८२ साउन ३० गते ०८:२७
आज पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौँ : आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेका हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफल गर्ने कार्यक्रम छ । बैठक बिहान ११ बजे सुरु हुनेछ । 

यस्तै बिहान ११:३० बजे बस्ने उद्योग वाणिज्य समितिमा ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विषय विज्ञसँग छलफल गर्ने कार्यसूची छ ।

यस्तैगरी कृषि, सहकारी समितिमा हिन्द कुश हिमालयन पार्लियामेन्ट मिट–२०२५ सम्मेलनको हालसम्मको तयारीका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । बैठक बिहान ११ बजे सुरु हुनेछ । 

सार्वजनिक लेखा समितिमा ‘ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा प्राप्त उजुरीमाथि छलफल हुनेछ । यो बैठक पनि बिहान ११ बजे नै सुरु हुनेछ । 

दिउसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिमा ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची तय भएको समितिको सूचनामा उल्लेख छ ।

ADV

सम्बन्धित खबर

Advertise