२०८२ भदौ २४ गते मङ्गलवार / Sep 09 , 2025 , Tuesday
२०८२ भदौ २४ गते मङ्गलवार
Ads

‘एक किसान १० भैँसी, लाख किसान व्यवसायिक भैँसी पालन’ अभियान सुरु गरौँः प्रधानमन्त्री

shivam cement
मध्यान्ह
२०८२ साउन ३० गते ११:१९
‘एक किसान १० भैँसी, लाख किसान व्यवसायिक भैँसी पालन’ अभियान सुरु गरौँः प्रधानमन्त्री

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक किसान १० भैँसी, लाख किसान व्यवसायिक भैँसी पालन’ अभियान सुरु गर्न जरुरी रहेको बताएका छन् ।

मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गर्दै प्रधानमन्त्री ओलीले ‘एक किसान १० भैँसी, लाख किसान व्यवसायिक भैँसी पालन’ अभियान सुरु गर्न जरुरी रहेको बताएका हुन् । उनले अब बोल्ड निर्णय लिएर अघि बढ्न जरुरी रहेको बताए । कसले के भन्छ भनेर बसेर अब नहुने उनको भनाइ छ । कृषि क्षेत्र छिटो परिवर्तन ल्याउने क्षेत्र भएकाले भैँसी पालनतर्फ किसानलाई अघि बढाउन जरुरी रहेको बताए ।

वागमती, कोशी, मधेस र लुम्बिनी प्रदेशमा मा भैँसी पालनको अभियान चलाउन जरुरी रहेको बताए । अब राँगाको मासु चीन विक्री गर्नेतर्फ सरकार लागिरहेकाले भैँसी किनेर किसानलाई दिनुपर्ने र त्यसबाट दुग्धजन्य सामग्रीहरु पनि बढ्ने र यसमा नेपाल आत्मनिर्भर बन्नसक्ने बताए । यसले रोजगारी सिर्जना गर्नुका साथै स्वदेशमै युवा जनशक्ति राख्न सकिने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीले बोल्ड स्टेप लिनुपर्छ । कसले के भन्छ भनेर त्यसरी हुँदैन । बोल्ड स्टेप लिएर हामी अघि बढ्नुपर्छ । अब के गर्नुपर्छ भने कृषि क्षेत्र भनेको छिटो परिवर्तन ल्याउने क्षेत्र हो । तसर्थ राँगाको मासु लैजाने भन्नेछ चीनमा । भैँसीका पाडी किनेर किसानलाई दिउँ न । लगानी त्यसमा गरौँ । भैँसीका पाडी किनौँ पाल्न दिऔँ । पाडा पाए पनि पाडी पाएपनि केही फरक परेन । वागमती, कोशी, मधेस र लुम्बिनीमा भैँसी पालनको अभियान चलाऔँ । डेरी प्रोडक्ट पनि बढ्छ । मासु पनि विक्री हुन्छ । लाख किसानलाई १० वटा भैँसीका दरले पाल्न लगायौँ भने बल्ल १० लाख भैँसी पालियो भने हुन्छ । यो अभियान हामीले चलाऔँ । १ किसान १० भैँसी, लाख किसान व्यवसायिक भैँसी पालन । अभियान चलाऔँ त । केही पनि गरेन भने केही हुँदैन । देश विकास गर्ने हो ।’

प्रधानमन्त्री ओलीले मौलिक योजना बनाएर मौलिक ढंगले काम अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिए। 

ADV

सम्बन्धित खबर

Advertise