काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा प्राप्त भएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेस दृढ रहेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेसकै नेतृत्वमा रहेको सरकारले निरंकुश राणा शासनको विरुद्ध आवाज बुलन्द गरी शाहदत प्राप्त गरेको क्याप्टेन लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेको तथ्य स्मरण गराए । उनले नेपाली काँग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धीहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेस दृढ रहेको बताए ।
मगर समुदाय लगायत आदिवासी, जनजातिले अहिले प्राप्त गरेको उपलब्धीलाई जोगाउनु र अझै समावेशी लोकतन्त्र बनाउन काँग्रेस दृढ रहेको रहेको उल्लेख गरे । मगर लगायत आदिवासी समुदायको परम्परागत, ज्ञान, सीप र पेशाको सुरक्षा प्रवर्द्धन गर्दै जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न नेपाली काँग्रेस आदिवासी जनजातिसँग सहकार्य गर्न तयार रहेको बताए ।
सभापति देउवाले भने, ‘नेपाली काँग्रेसकै नेतृत्वमा रहेको सरकारले निरंकुश राणा शासनको विरुद्ध आवाज बुलन्द गरी शाहदत प्राप्त गरेको क्याप्टेन लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेको तथ्यलाई पनि म राख्न चाहन्छु । नेपाली काँग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धीहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेस दृढ छ । संविधान संशोधन गरेर मगर समुदाय लगायत आदिवासी, जनजातिले अहिले प्राप्त गरेको उपलब्धीलाई जोगाउनु नै अझै समावेशी लोकतान्त्रिक बनाउन काँग्रेस दृढ रहेको छ । मगर लगायत आदिवासी समुदायको प्रचारजन्य परम्परागत, ज्ञान, सीप र पेशाको सुरक्षा प्रवद्र्धन गर्दै जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न नेपाली काँग्रेस आदिवासी जनजातिसँग सहकार्य गर्न तयार छ ।’
सभापति देउवाले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न आदिवासी समुदायसँग नेपाली काँग्रेसले सहकार्य गर्ने बताए।