काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार शून्यमा पुर्याउन आचरण शुद्ध हुनुपर्ने बताएका छन् । ललितपुरमा शुक्रबार आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भ्रष्टाचार शून्यमा पुर्याउन सकिने तर त्यो कानून कार्यान्वयनबाट मात्रै सम्भव हुनेकुरा नरहेको स्पष्ट पारे । त्यसका लागि मानिसको आचरण, चरित्र, गुणवत्ता वृद्धि गर्न जरुरी रहेको उनले बताए । मानिसको आचरण, चरित्र, गुणवत्ता वृद्धि गर्न शिक्षामा सुधार गर्न जरुरी रहेको उनले बताए । उनले गुणवत्ता बढाउने शिक्षा दिन जरुरी रहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले सामाजिक प्लेटफर्महरुमा राम्रो बाटो समाउन सके र अहिलेको प्रविधिको सी सदुपयोग गर्नसके राम्रो हुने बताए ।
प्रधानमन्त्री ओलीले मानव मष्तिष्क भन्दा ठुलो कुरा श्रृष्टिले अहिलेसम्म पनि कुनै कुरा उत्पादन गर्न नसकेको भन्दै एआईसँग नडराउन आग्रह गरे ।