यामराज बिष्ट/मध्यान्ह
दैलेख : दैलेखको मालिका माध्यमिक विद्यालयमा एक शिक्षकको घाँटी रेटेर हत्या गरिएको छ । गुराँस गाउँपालिका–८ घर भएका करिब ४१ वर्षीय सामाजिक विषय पढाउने शिक्षक नगेन्द्र विसीको सोमबार राति घाँटी रेटेर हत्या गरिएको हो ।
विसी सोमबार राति ११ बजेसम्म छोटेपोखराको एक किराना पसलमा बसेको र त्यसपछि घटना भएको हुनसक्ने स्थानीय भुपेन्द्र ओलीको अनुमान छ ।
मंगलबार बिहान दुध पुर्याउन आएका स्थानीयहरुले स्कुलको बराण्डामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको र शंकास्पद २ जनालाई नियन्त्रणमा लिएको दैलेख प्रहरी प्रमुख अनुप श्रेष्ठले मध्यान्हलाई बताए ।
प्रहरीले विसीको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल दैलेखमा पठाएको जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies