नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको दुई महिना पूरा भएको छ । गएको २८ असारमा प्रतिनिधिसभा पुनस्र्थापना भएपछि देउवा प्रधानमन्त्री भएका थिए । ६ जेठमा संसद्का बहुमत सदस्यले हस्ताक्षर गरी प्रधानमन्त्रीमा समर्थन गरेको आधारमा सर्वोच्च अदालतले देउवालाई नियुक्त नियुक्त गर्न आदेश दिएको थियो । अदालतको परमादेशअनुसार, देउवा २९ असारमा देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरिन् । सँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पदमुक्त भएका थिए । तर देउवा प्रधानमन्त्री नियुक्त भएको दुई महिना नाघिसक्दा पनि मन्त्रिपरिषद् समेत बिस्तार गर्न सकेका छैनन् । जबकी सरकारको सय दिनलाई हनिमुन अवधि मानिन्छ । त्यो अवधिमा सरकारलाई साथ दिने नै सामान्यतया प्रचलन छ । तर वर्तमान सरकारले भने दुई महिना नाघिसक्दा आफूलाई पूर्णता दिन समेत सकेको छैन ।
यो दुई महिना प्रधानमन्त्री देउवालाई चार मन्त्री र एक राज्यमन्त्रीको भरमा चलाए । देउवाको मन्त्रिपरिषद्मा बालकृष्ण खाँण गृह, जनार्दन शर्मा अर्थ, पम्फा भुसाल उर्जा र ज्ञानेन्द्रबहादुर कार्की कानून मन्त्री छन् । उनीहरुले प्रधानमन्त्री देउवासँगै शपथ लिएका थिए । पछि १० साउनमा उमेश श्रेष्ठलाई प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्री नियुक्त गरे । प्रधानमन्त्रीले ६३ दिनसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्नुको प्रमुख कारण भने गठबन्धन बीच शक्ति सन्तुलन मिलाउन नसक्नु हो । प्रधानमन्त्री देउवालाई काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले समर्थन दिएको छ । तर नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीसँग जोडिएको मुद्दामा सर्वोच्चले फैसला सुनाएको छैन । प्रधानमन्त्री देउवाले बाँकी मन्त्रीहरु एकैपटक नियुक्त गर्ने मनोविज्ञानमा छन् ।
अर्थात् मुलुक कोरोना महामारी, भू–राजनीतिक समस्या लगायतका कारणले असाधरण परिस्थितिमा छ । यस्तो बेला विभागीय मन्त्रीहरुको भूमिका महत्वपूर्ण हुन्छ । मन्त्रालयले विभागीय नेतृत्व पाउन सकेको छैन । प्रधानमन्त्री देउवा आफैले १७ मन्त्रालय चलाइरहेका छन् । यसले मुलुक र नागरिक माथि असर परिररहेको छ । तर प्रधानमन्त्री देउवा भने संसद्मा बहुमत कायम राख्ने प्रयत्नअनुरुप सरकारलाई पूर्णता दिन सकिरहेका छैनन् । अझ विनियोजन विधेयक पारित नहुँदा राज्यकोषबाट सरकारले खर्च गर्न समेत रोकिएको छ । अर्थात् मुलुकको नेतृत्व गर्नुपर्ने गठबन्धन सरकारबाट अझै मुलुक नै बन्धक हुने परिस्थिति बनेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies