काठमाडौं : गीतसंगीतको क्षेत्रमा उत्कृष्ट उत्पादन गरी देश विदेशका दर्शक, स्रोता माझ राम्रा राम्रा संगीत पुर्याउने उद्देश्यले स्थापना भएको ‘भोल्युम अन’ नामक संस्थाले विल्कुलै भिन्न शैलीको ‘यतातिर दुख्यो कहिले’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ । ‘सुसाइड’ एल्बमबाट यो गीत लिइएको हो ।
लोक दोहरीको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाइसकेका गायक रामकुमार नेपालीको शब्द संगीत एवं मिठो स्वर रहेको मनछुनि गीतको भिडियोमा नीता ढुंगाना, अशोक केसीको साथमा सुभाष सुवेदी, सामिक्षा भुजेल, निराजन केसी, बाल कलाकार सोनाम, विष्णु बरुवाल, लिला कार्की बरुवाल, बडाल कार्की, अनिता खड्का बिवेक केसी आदिको जिवन्त अभिनय रहेको छ ।
उक्त म्युजिक भिडियो चल्तिका निर्देशक क्रान्ति केसीको निर्देशन, सम्पादन रहेको छ भने श्रृंगार नन्दा अधिकारीको रहेको छ । यो भन्दा अघिल्ला भिडियोहरुलाई माया गरिदिएजस्तै यो भिडियोलाई पनि दर्शकहरुले मनपारादिनेमा निर्देशक केसी विश्वस्त छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies