२०८२ साउन ३१ गते शनिवार / Aug 16 , 2025 , Saturday
२०८२ साउन ३१ गते शनिवार
Ads

पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध

shivam cement
मध्यान्ह
२०८२ साउन ३१ गते १८:४०
पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध

धादिङ : जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराज मार्गसँग जोड्ने धादिङ बेँसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ ।

नीलकण्ठ नगरपालिका-८ साँघुटारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो । अहिले त्यस क्षेत्रमा सवारी आवागमन बन्द भएको छ ।

अघिल्लो वर्ष पहिरो खसेको स्थानमा फेरि पहिरो खसेको नगरपालिका-८ का वडाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए। पहिरोसँगै ढुंगा र रुख सडकमा खसेकाले तत्काल आवागमन खुलाउन समस्या देखिएको उनले बताए । 

धादिङ बेँसी नजिक केही वर्ष अघिदेखि पहिरो खस्दै आएको भए पनि नियन्त्रणको प्रयास भएको छैन । हाल जिल्लाका अधिकांश क्षेत्रमा भारी वर्षा भइरहेकाले सतर्क रहन आग्रह गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise