२०८२ भदौ १ गते आइतवार / Aug 17 , 2025 , Sunday
२०८२ भदौ १ गते आइतवार
Ads

गैरआवासीय नेपाली संघ स्पेनको नवनिर्वाचित समितिको प्रथम बैठक सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ साउन ३१ गते २०:१२
गैरआवासीय नेपाली संघ स्पेनको नवनिर्वाचित समितिको प्रथम बैठक सम्पन्न

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको २५/२७ कार्यकालको पहिलो बैठक सम्पन्न भएको छ । अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भौतिक र जुम दुवै माध्यमबाट बसेको बैठकले विभिन्न प्रस्तावहरू पारित गर्दै कार्ययोजना तय गरेको छ ।

बैठकले हालै सम्पन्न नवौं महाधिवेशनमा निर्वाचित समितिलाई समर्थन गर्ने सम्पूर्ण सदस्य, संस्था र निर्वाचन समितिप्रति आभार प्रकट गरेको छ । निवर्तमान समितिबाट नगद, जिन्सी तथा बैंक खाता बुझिएको जानकारी पनि गरिएको छ ।

स्पेनमा रहेका विशेष गरी नयाँ आगन्तुक नेपालीलाई लक्षित गरी सामाजिक कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । राहदानी (पासपोर्ट) सम्बन्धी बढ्दो चापलाई मध्यनजर गर्दै सेप्टेम्बरको पहिलो वा अन्तिम सातामा घुम्ती टोली बोलाइनेछ ।

त्यस्तै, नेपाली समुदायका लागि भाषा कक्षा, सुशी तालिम, स्पेनी भाषा कक्षा, अनलाइन कानुनी परामर्श सेवा, करियर काउन्सेलिङ लगायत कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी विभिन्न पदाधिकारीलाई तोकिएको छ ।

दुर्गा पूजाका लागि मूर्ति खरिद गरी बार्सिलोनामा ल्याउने र नवरात्रीको अवसरमा पूजा–अर्चना आयोजना गर्ने निर्णय भएको छ । यसका लागि संयोजक तथा उप–संयोजकसहित समितिहरू गठन गरिएको छ ।

यस्तै, वार्षिक "दशैं–तिहार सांस्कृतिक साँझ" आयोजना गर्ने निर्णय पनि भएको छ ।

स्पानिस भाषा सिक्ने पुस्तक २,००० प्रतिमा छपाई गरी पञ्जीकृत सदस्यलाई निःशुल्क र अन्यलाई न्यून शुल्कमा वितरण गर्ने तयारी छ । नयाँ सदस्यता आगामी सेप्टेम्बर १ गतेदेखि खुला गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले संरक्षक, सल्लाहकार, क्षेत्रीय सचिवसहित विभिन्न पदमा मनोनयन गरेको छ । लेखा समिति, अनुशासन समिति, संगठन तथा संघ–संस्था समन्वय समिति, विधान समिति, महिला विभाग, खेलकुद समिति, सूचना कक्ष र क्षेत्रीय समिति समन्वयका लागि संयोजक तोकिएको छ ।

एनआरएनए कप फुटबल प्रतियोगिता र बालबालिकाका लागि खेलकुद कार्यक्रम सुरु गर्ने निर्णय भएको छ ।

नियमित मासिक बैठक हरेक महिनाको अन्तिम वा पहिलो बिहीबार हुने र त्यसको सूचना पाँच दिनअघि दिने व्यवस्था मिलाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise