२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

‘नेपालका चौसठ्ठी जयोतिर्लिङ्ग तथा पशुपति महिमा’ पुस्तक लोकार्पण

Nada
२०८२ साउन ३१ गते २१:३१
Shares
‘नेपालका चौसठ्ठी जयोतिर्लिङ्ग तथा पशुपति महिमा’ पुस्तक लोकार्पण

काठमाडौं : श्रीकृष्ण जन्माष्टमी २०८२ को अवसरमा वैदिक साहित्यका अनुसन्धाता पं.अच्युतप्रसाद पौडेल ‘चिन्तन’ द्वारा लिखित ‘नेपालका चौसठ्ठी जयोतिर्लिङ्ग तथा पशुपति महिमा’ पुस्तक एक समारोकाबीच लोकार्पण गरिएको छ । 

ncell

गङ्गेश्वर शिव पाञ्चायन मन्दिर, पानी ट्यांकी, बौद्ध–६ मा आयोजित कार्यक्रममा प्रमुख अतिथि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाषचन्द्र जोशी, वयोवृद्ध स्थानीय रामेश्वर नेपाल, मन्दिर समितिका अध्यक्ष डा. रमेशप्रसाद न्यौपाने र लेखक पं. पौडेल ‘चिन्तन’ उपस्थित थिए ।

सो पुस्तकमा प्रसिद्ध पशुपतिनाथ लगायत नेपालका १० जिल्लामा रहेका ६४ सिद्ध, आदि र स्वयम्भू ज्योतिर्लिङ्गहरुको बारेमा विस्तृत चर्चा गरिएको छ । लोकार्पण समारोहमा धार्मिक तथा आध्यात्मिक क्षेत्रमा अनुभवसंपन्न लेखक चिन्तनले पुस्तकका प्रमुख अंश र महत्त्वबारे जानकारी गराएका थिए ।

लेखक चिन्तनले यसअघि पनि दर्जनौँ पुस्तक प्रकाशित गरिसकेका छन् र धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उनको योगदानलाई विशेष महत्व दिइन्छ । कार्यक्रममा उपस्थित सहभागीहरूले पुस्तकको धार्मिक, ऐतिहासिक र सांस्कृतिक मूल्यको सराहना गरेका थिए ।

सम्बन्धित खबर