२०८२ भदौ १ गते आइतवार / Aug 17 , 2025 , Sunday
२०८२ भदौ १ गते आइतवार
Ads

‘नेपालका चौसठ्ठी जयोतिर्लिङ्ग तथा पशुपति महिमा’ पुस्तक लोकार्पण

shivam cement
मध्यान्ह
२०८२ साउन ३१ गते २१:३१
‘नेपालका चौसठ्ठी जयोतिर्लिङ्ग तथा पशुपति महिमा’ पुस्तक लोकार्पण

काठमाडौं : श्रीकृष्ण जन्माष्टमी २०८२ को अवसरमा वैदिक साहित्यका अनुसन्धाता पं.अच्युतप्रसाद पौडेल ‘चिन्तन’ द्वारा लिखित ‘नेपालका चौसठ्ठी जयोतिर्लिङ्ग तथा पशुपति महिमा’ पुस्तक एक समारोकाबीच लोकार्पण गरिएको छ । 

गङ्गेश्वर शिव पाञ्चायन मन्दिर, पानी ट्यांकी, बौद्ध–६ मा आयोजित कार्यक्रममा प्रमुख अतिथि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाषचन्द्र जोशी, वयोवृद्ध स्थानीय रामेश्वर नेपाल, मन्दिर समितिका अध्यक्ष डा. रमेशप्रसाद न्यौपाने र लेखक पं. पौडेल ‘चिन्तन’ उपस्थित थिए ।

सो पुस्तकमा प्रसिद्ध पशुपतिनाथ लगायत नेपालका १० जिल्लामा रहेका ६४ सिद्ध, आदि र स्वयम्भू ज्योतिर्लिङ्गहरुको बारेमा विस्तृत चर्चा गरिएको छ । लोकार्पण समारोहमा धार्मिक तथा आध्यात्मिक क्षेत्रमा अनुभवसंपन्न लेखक चिन्तनले पुस्तकका प्रमुख अंश र महत्त्वबारे जानकारी गराएका थिए ।

लेखक चिन्तनले यसअघि पनि दर्जनौँ पुस्तक प्रकाशित गरिसकेका छन् र धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उनको योगदानलाई विशेष महत्व दिइन्छ । कार्यक्रममा उपस्थित सहभागीहरूले पुस्तकको धार्मिक, ऐतिहासिक र सांस्कृतिक मूल्यको सराहना गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise