२०८२ भदौ २ गते सोमवार / Aug 18 , 2025 , Monday
२०८२ भदौ २ गते सोमवार
Ads

इण्डोनेसियाको मध्य सुलावेसीमा ६ म्याग्निच्युडको भूकम्प

shivam cement
मध्यान्ह
२०८२ भदौ २ गते ११:१३
इण्डोनेसियाको मध्य सुलावेसीमा ६ म्याग्निच्युडको भूकम्प

काठमाडौंः इण्डोनेसियाको मध्य सुलावेसी प्रान्तको पोसो रिजेन्सीमा आईतवार ६ म्याग्निच्युडको भूकम्प गएको छ । 

भूकम्पबाट २९ जना घाइते भएको देशको राष्ट्रिय विपद् व्यवस्थापन निकायले एक विज्ञप्तिमा जनाएको छ । मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिकी निकायले जकार्ता समय बिहान ५ः३८ बजे भूकम्प गएको जनाएको छ । जसको केन्द्रबिन्दु पोसो रिजेन्सीबाट १८ किलोमिटर उत्तरपश्चिममा १० किलोमिटर गहिराइमा जमिनमा रहेको थियो । 

पोसो पेसिसिर जिल्लामा शक्तिशाली भूकम्प महशुस गरिएको थियो । जसमा मसानी, टोकोरोन्डो, तोउ, पिनेडापा, ताङ्कुरा र लापे गाउँहरू पनि समावेश थिए । जुन लगभग १५ सेकेन्डसम्म चलेको थियो र धेरै बासिन्दाहरूलाई सुरक्षाको लागि बाहिर निस्कन बाध्य पारेको थियो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise