२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका २ मजदुरको मृत्यु, ५ घाइते

Nada
२०८२ भदौ २ गते १७:३३
Shares
पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका २ मजदुरको मृत्यु, ५ घाइते

म्याग्दीः म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज २ मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी ५ जना घाइते भएका छन् । 

ncell

रघुगङ्गा–५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट खसेको पहिरोमा २ मजदुर पुरिएका हुन् । उक्त घटनामा घाइते भएका ५ जनालाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । 

‘घटनास्थलमा प्रहरीको टोली पुग्दैछ, त्यहाँ काम गर्ने नेपाली कामदारले एक नेपाली, एक विदेशी नागरिकको शव भेटिएको जानकारी दिएका छन,’ उनले भने, ‘मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।’ 

सम्बन्धित खबर